विशेष विना विभागीय मन्त्री बस्नेत विजयी
Ujyaalo

सल्यान, मंसिर २५ –सल्यानमा प्रतिनिधिसभा सदस्यामा ने.क.पा.( माओवादी केन्द्र )का टेक बहादुर बस्नेत विजयी हुनुभएको छ ।

उहाँ नेपाली कांग्रेसका राजेन्द्र बहादुर शाहभन्दा ११ हजार १ सय ३० मत बढी पाएर विजयी हुनुभयो । बस्नेतले ४० हजार ८ सय ९७ मत ल्याउनुभयो । उहाँका प्रतिस्पर्धी नेपाली काँग्रेसका शाहले २९ हजार ७ सय ६७ मत पाउनुभयो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिवालय सदस्य तथा विना विभागीय मन्त्री टेकबहादुर बस्नेतको जन्म २०२२ सालको असोज १ गते सल्यानको कोटमौलामा भएको हो । उहाँका बाबुको नाम खिमलाल बस्नेत र आमाको नाम टीकाकुमारी बस्नेत हो । बस्नेतले व्यवस्थापन संकायबाट प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको छ ।

यसैगरी उहाँले प्राविधिक शिक्षा तर्फ जेटिए पनि अध्ययन गर्नु भएको छ । २०४० सालदेखि ४२ सालसम्म शिक्षण पेशा गरेका बस्नेतले २०४३ देखि ५० सम्म जेटिएको रुपमा सरकारी जागिर समेत गर्नुभयो ।

यसअघि २०६४ र २०७० सालको चुनावमा सल्यान क्षेत्र नं १ बाट विजयी बस्नेत २०७४ सालमै सामान्य प्रशासन मन्त्री समेत बन्नु भएको थियो । तर प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी मन्त्रीलाई जिम्वेवारी मुक्त बनाएपछि उहाँ पनि बिना विभागीय बन्नु भएको हो ।

 

Share It

Post Comments
थप विशेष