विशेष धनुषामा २ मा फोरमका अरगरिया र ४ मा एमाले महासेठ विजयी
Ujyaalo

धनुषा, मंसिर २५ – प्रतिनिधिसभा अन्तर्गत धनुषा क्षेत्र नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र ४ मा नेकपा एमाले विजयी भएको छ ।

धनुषा २ मा फोरमका उमाशंकर अरगरियाले ३२ हजार ४४ मत ल्याउनुभयो । एमालेका रामचन्द्र झाले १८ हजार ७ सय १५ मत पाउनुभयो भने नेपाली कांग्रेसका राम कृष्ण यादवले १५ हजार ४ सय ४२ मत पाउनुभयो ।

२०५२ सालमा नेविसंघबाट राजनीतिक यात्रा सुरु गरेका उमाशंकर चुनाव नजिकिएपछि संघीय समाजवादी फोरममा प्रवेश गर्नु भएको हो ।

यस्तै क्षेत्र नम्बर चारमा वाम गठबन्धनका तर्फबाट एमालेका रघुबीर महासेठ विजयी हुनुभएको छ । उहाँले २२ हजार ५ सय ३२ मत पाउनुभयो ।

उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र यादवले १९ हजार ९ सय ९१ मत ल्याउनुभयो भने संघीय समाजवादी फोरम नेपालका महाजन यादव १९ हजार ६ सय ६२ मत ल्याउँदै तेस्रो हुनुभयो ।

२०६४ सालमा भएको संविधानसभाको चुनावमा धनुषा क्षेत्र नम्बर ४ बाट पराजित महासेठ त्यसपछि धनुषा ५ मा भएको उपचुनावमा भने विजयी हुनु भएको थियो ।

२०७० सालको चुनावमा क्षेत्र नम्बर ५ बाटै उम्मेदवार बनेका महासेठ पराजित हुनुभयो । महासेठ नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा सिंचाई मन्त्री हुनुहुन्थ्यो ।

 

 

Share It

Post Comments
थप विशेष