विशेष चौधरीलाई भेट्टाउनै लागे गच्छदारले
Ujyaalo

सुनसरी, मंसिर २५– सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले मतान्तर कम गर्नु भएको छ । पछिल्लो मतपरिणाम अनुसार गच्छदार १ सय ५५ मतले पछि हुनुहुन्छ ।

नेकपा एमालेकी उम्मेदवार भगवती चौधरीले २९ हजार ३ सय २६ मत पाउनु भएको छ । गच्छदारको २९ हजार १ सय ७१ मत छ । अब झण्डै २० हजार मत गणना गर्न बाँकी छ ।

Share It

Post Comments
थप विशेष