विशेष रोल्पामा प्रत्यक्ष तर्फको १५ प्रतिशत मत बदर
Ujyaalo

माधवकुमार ओली/उज्यालो ।

रोल्पा, मंसिर २५ – रोल्पामा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा प्रत्यक्ष तर्फ १५ प्रतिशत मत बदर भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगणना भइसक्दा झण्डै १० हजार मत बदर भएको हो ।

प्रतिनिधिसभाको प्रत्यक्षमा जम्मा ६८ हजार ६ सय ५९ मत खसेकोमा ५ हजार २ सय ७६ मत बदर भएको छ । प्रदेशसभा ‘क’ मा जम्मा ३३ हजार ८ सय ३३ मत खसेकोमा २ हजार ७ सय ८५ मत बदर भएको छ भने प्रदेशसभा ‘ख’ मा जम्मा ३७ हजार २ सय ५९ मत खसेकोमा १ हजार ८ सय ९२ मत बदर भएको छ ।

बदर मत धरै जसो ल्याप्चे लगाइएको, दुई ठाउँमा स्वस्तीक छाप लगाएको र मतदान अधिकृतको सही नभएको पाइएको छ । यस्तै दुईवटा चुनाव चिन्हको बिचमा स्वस्तीक छाप लगाएको पाइएको मतगणना स्थलमा बसेका दलका प्रतिनिधिहरुले जनाएका छन् ।

 

Share It

Post Comments
थप विशेष