विशेष २०७० को चुनावमा हारेका बाँस्कोटा काभ्रे २ बाट भारी मतसहति विजयी
Ujyaalo

काभ्रे, मंसिर २५ – नेकपा एमालेका नेता गोकुल बाँस्कोटा काभ्रे क्षेत्र नम्बर २ बाट ५४ हजार ४ सय २७ मतसहति विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका मधुप्रसाद आचार्यलाई पराजित गर्नभएको हो ।

बाँस्कोटाले स्नातक तहसम्मको अध्ययन पूरा गर्नुभएको छ । काभ्रेको डेडिथुम्का माविबाट एसएलसी दिएका गोकुलले आरआर कलेज काठमाडौंमा आइए पढ्नु भएको हो । 

विद्यालयमा पढ्दा २०३७ सालदेखिनै राजनीतिमा लागेका बाँस्कोटा २०७० सालको चुनावमा पनि उम्मेदवार बन्नु भएको थियो । तर उहाँ पराजित हुनुभयो ।

Share It

Post Comments
थप विशेष