विशेष चितवन ३ मा ‘प्रचण्ड’ विजयी
Ujyaalo

चितवन, मंसिर २५ – चितवन ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी हुनुभएको छ ।

प्रचण्डले प्रतिद्वन्दी राप्रपाका बिक्रम पाण्डेलाई ९ हजार ३ सय ४१ मतान्तरले पराजित गर्नुभएको हो ।

अन्तिम मतपरिणाम अनुसार प्रचण्डको ४८ हजार २ सय ७६ मत रहेको छ भने राप्रपाका बिक्रम पाण्डेको ३८ हजार ९ सय ३५ मत रहेको छ । सुरुवाती अग्रता लिएका राप्रपाका पाण्डे अन्ततः प्रचण्डसँग हार्नुभएको छ ।

Share It

Post Comments
थप विशेष