विशेष भक्तपुर १ मा भारी मतसहित नेमकिपाका प्रेम सुवाल विजयी
Ujyaalo

भक्तपुर, मंसिर २५ – भक्तपुर क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल ३३ हजार ७६ मतसहित विजयी हुनुभएको छ । उहाँले नेपाली कांग्रेसका बाबुराजा जोशीलाई पछि पार्नुभएको हो ।

नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको जन्म २०१७ सालको असार ३ गते भक्तपुर नगरपालिकाको चोछेंमा भएको हो ।
उहाँले शंकरदेव क्याम्पसबाट वाणिज्य शास्त्रमा स्नातकोत्तर गर्नु भएको छ । २०३४ सालबाट राजनीति सुरु गरेका प्रेम २०७० सालमा समानुपातिक तर्फबाट सभाषद बन्नुभयो ।

उहाँ २०३९ र २०४४ सालमा भक्तपुर नगर पञ्चायतको ९ को वडाअध्यक्ष, २०४७ सालमा नेमकिपाको केन्द्रीय सदस्य, पार्टीको मुखपत्र श्रमिक साप्ताहिक र मजदुर दैनिकको सम्पादक, २०४९ सालदेखि हालसम्म पार्टीको केन्द्रीय सचिव हुनुहुन्छ ।

२०५४ सालमा भक्तपुर नगरपालिकाका प्रमुखमा विजयी, नगरपालिकाद्वारा संचालित ख्वप कलेज, ख्वप उमावि, ख्वप इन्जिनियरिङ्ग कलेज, ख्वप बहुप्राविधिक अध्ययन संस्थानको अध्यक्ष हुनुहुन्छ ।

Share It

Post Comments
थप विशेष