विशेष प्रदेशसभामा काठमाडौंका २० मध्ये १६ मा क्षेत्रमा एमाले विजयी
Ujyaalo

काठमाडौं, मंसिर २५ – काठमाडौंको प्रतिनिधिसभाका १० मध्ये ६ वटा क्षेत्र जितेको एमालेले प्रदेशसभामा झन राम्रो नजिता निकालेको छ । प्रदेशसभाको २० वटा क्षेत्र भएको काठमाडौंका १६ वटा क्षेत्रमा एमाले एक्लैले जितेको छ ।

काठमाडौंका प्रतिनिधिसभा जस्तै प्रदेशसभामा पनि माओवादीले एक सिट पनि जित्न सकेन । कांग्रेसले जम्मा चारवटा क्षेत्रमा जित हात पारेको छ । क्षेत्र नम्बर १ को ‘क’, ३ को ‘क’, ४ को ‘क’ र १० को ‘क’ मा मात्र कांग्रेसले जितेको छ ।

प्रत्यक्षबाटै बहुमत

तीन नम्बर प्रदेशको संसदमा वाम गठबन्धनको उपस्थिति दुई तिहाई पुग्ने भएको छ । एक सय १० जना सांसद हुने तीन नम्बर प्रदेशको संसदमा सामान्य बहुमतका लागि ५६ र दुई तिहाइका लागि ७४ सिट आवश्यक पर्छ । समानुपातिकतर्फको मतगणना सुरु नहुँदै यस प्रदेशको संसदमा वाम गठबन्धनको उपस्थिति झण्डै बहुमत नजितक पुगेका छन् ।

प्रत्यक्षतर्फ ६६ सिट रहेको तीन नम्बर प्रदेशमा एमाले माओवादी सम्मेलित वाम गठबन्धनले प्रत्यक्षबाटै बहुमत नजिक छ । ६६ सिटमध्ये एमालेले ४२ र माओवादी केन्द्रले १३ क्षेत्रमा जित हात परेका छन् ।

यो बहुमतका लागि १ सिट मात्र कम हो । अब गठबन्धनका लागि दुई तिहाई पुर्‍याउनका लागि समानुपातिकको ४४ सिटमध्ये १९ सिट ल्याउनुपर्छ । वाम गठबन्धनले प्रत्यक्षमा ल्याएको मत हेर्दा समानुपातिकतर्फ पनि दुई हिताई पुग्नका लागि चाहिने १९ सिट ल्याउने देखिन्छ । तीन नम्बर प्रदेशमा कांग्रेसले ९, नयाँ शक्ति र नेमकिपाले एक÷एक सिट जितेका छन् ।

 

Share It

Post Comments
थप विशेष