विशेष मतगणनास्थलमा राजपा र कांग्रेस कार्यकर्ताबीच झडप, अश्रुग्यास प्रहार
Ujyaalo

सर्लाही, मंसिर २५ – सर्लाही क्षेत्र नम्बर ४ को मतगणनास्थल सर्लाही क्याम्पस मलंगवामा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । दुई पार्टीका कार्यकर्ताबीच ढुंगा हानाहान हुँदा केही घाईते भएका छन् ।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरेको छ । सर्लाही क्षेत्र नं. ४ मा आइतबाररातिदेखि नै मतगणना रोकिएको छ । एक मतपेटिकामा ६ मध्ये ४ वटा मात्रै शिल गरिएको भेटिएपछि दलका प्रतिनिधिले विवाद गर्दा मतगणना अवरुद्ध भएको हो ।

मतगणना रोकिँदासम्म राजपाका राकेश मिश्र ३ सय ८२ मतले अघि हुनुहुन्छ । मिश्रले १६ हजार ३ सय १८ मत र सिंहले १५ हजार ९ सय ३६ मत पाउनुभएको छ ।

Share It

Post Comments
थप विशेष