विशेष भवानीलाई बधाई दिनेमा सीता पनि
Ujyaalo

तेह्रथुम, २५ मंसिर – कांग्रेस नेतृ सीता गुरुङले निर्वाचित एमाले नेता भवानीप्रसाद खापुङलाई बधाई दिनुभएको छ । समानुपातिक तर्फ सुरक्षित रहेको सीट छाडेर प्रत्यक्षतर्फ तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यका लागि सीता उम्मेदवार बन्नुभएको थियो ।

आइतबार राति २१ मंसिरमा भएको प्रतिनिधि र प्रदेश सभा सदस्यको निर्वाचनको परिणाम सार्वजनिक भएपछि भौतिक पुर्वाधार तथा यातायात राज्यमन्त्री समेत रहनुभएकी नेतृ गुरुङले सोमबार बिहान पत्रकार सम्मेलन गर्दै विजयी नेता खापुङलाई बधाई दिनुभएको हो ।

‘जनताको अभिमतलाई सबैले स्वीकार्नुपर्छ,’ उहाँले भन्नुभयो, ‘विजयी नेता खापुङलाई मेरो व्यक्तिगत तर्फबाट बधाई र कार्यसफलताको शुभकामना समेत व्यक्त गर्दछु ।’ उहाँले पत्रकार सम्मेलन मार्फत सबै मतदाता, नेता कार्यकर्ता, चुनाव सफल बनाउन अहोरात्र खटिने कर्मचारी, सुरक्षाकर्मी र सन्चारकर्मी समेतलाई धन्यवाद तथा आभार प्रकट गर्नुभएको छ ।

नेतृ गुरुङले मत परिणामलाई आफुले सहज रुपमा लिएको भन्दै पराजित हुँदैमा आफु जिल्लाको विकास र समृद्धिको बाटोबाट कत्ति पनि विचलित नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ‘हिजो पनि जिल्लाको विकासका लागि राजनीति भन्दा माथि उठेर लागेकी थिएँ, अब पनि लाग्छु, सधैँ लागिरहन्छु ।’

Share It

Post Comments
थप विशेष