विशेष पुसको पहिलो हप्ताभित्र वामपन्थी सरकार : प्रदिप ज्ञवाली
Ujyaalo

गुल्मी, मंसिर २५ – नेकपा एमालेका सचिव एवम् गुल्मी क्षेत्र नं. १ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य प्रदिप ज्ञवालीले देशमा वामपन्थीहरुको जित दुइतिहाईको नजिक पुगिसकेकाले अब पुसको पहिलो हप्ताभित्र वामपन्थी सरकार गठन हुने बताउनुभएको छ ।

विजय उत्सवलाई गुल्मी सदरमुकाम तम्घासमा सम्वोधन गर्दै नेता ज्ञवालीले सिंहदरबार प्रधानमन्त्रीहरुको तस्बिरले रंगिने तर नागरिकका समस्या जस्ताको त्यस्तै रहने बेला अब गएको बताउनुभयो ।

ज्ञवालीले भन्नुभयो ‘अब त्यसको अन्त्य गर्न वामपन्थी सरकार आवश्यक छ । नागरिकले विश्वास गरेका पात्रहरुले नागरिकका चाहना अनुसार काम नगर्दा अहिले घृणाको पात्र भयौँ । तर अब त्यस्तो हुँदैन, ५ वर्ष भित्र आर्थिक समृद्धिसहितको विकास केन्द्रित हुन जरुरी रहेको छ ।’

विजय उत्सवलाई सम्बोधन गर्दै एमाले सचिव एवम् गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित गोकर्ण बिष्टले नेपाली नागरिकलाई सुखी र नेपाल राष्ट्रलाई समृद्ध बनाउन चाहेकाले वाम शक्ति एकै ठाउँमा आएको बताउनुभयो ।

 

Share It

Post Comments
थप विशेष