विशेष ओखलढुंगामा समानुपातिकतर्फ एमाले पहिलो
Ujyaalo

ओखलढुंगा, मंसिर २५– ओखलढुंगामा समानुपातिक तर्फको मत गणना सम्पन्न भएको छ । संघ र प्रदेश दुवै तर्फको मत परिणाम अनुसार नेकपा एमाले पहिलो बनेको छ ।

नेकपा एमालेले संघतर्फ २५ हजार ८ सय ८५ मत ल्याएको छ भने प्रदेश तर्फ २३ हजार ६ सय ८१ मत लाएर पहिलो स्थानमा रहेको छ । नेपाली काँग्रेसले संघ तर्फ २५ हजार १ सय १४ मत ल्याएको छ भने प्रदेश तर्फ २३ हजार २ सय ६८ मत ल्याएर दोस्रो स्थानमा रहेको छ ।

माओवादी केन्द्रले संघ तर्फ ६ हजार ५ सय २ मत ल्याएको छ भने प्रदेश तर्फ ७ हजार २ सय ८९ मत ल्याएको सहायक निर्वाचन अधिकृत तीर्थराज भट्टराईले बताउनुभयो । नेकपा मालेले ६६५, साझा पार्टीले २६२ ल्याएको छ । अन्य साना दलह?ले पनि केही मत ल्याएका छन् । ओखलढुंगामा एक प्रतिनिधी सभा सँगै दुई प्रदेश सभाका सिट वाम गठबन्धनले जित हात पारेको छ ।

Share It

Post Comments
थप विशेष