विशेष लडाकुदेखि अर्घाखाँचीमा ह्याट्रिक गर्ने को हुन रायमाझी ?
Ujyaalo

काठमाडौं, मंसिर २५ – प्रतिनिधिसभामा एकसिट मात्रै रहेको अर्घाखाँचीमा माओवादीका टोपबहादुर रायमाझी विजयी हुनुभएको छ । रायमाझीले ५० हजार ३ सय ८५ मत ल्याएर विजयी हुनुभयो । उहाँका प्रतिष्पर्धी कांग्रेसका डाक्टर रामबहादुर विसीले ३१ हजार ९ सय ४१ मत ल्याउनुभयो ।

टोपबहादुर रायमाझी नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता हुनुहुन्छ । २०१७ सालको कात्तिकमा अर्घाखाँचीको अर्घा फलेपतमा जन्मिएका नेता रायमाझीले माध्यामिक तहसम्मको शिक्षा जनज्योति मावि अर्घाखाँचीबाट पूरा गर्नुभएको हो ।

काठमाडौंको अमृत साइन्स क्याम्पसबाट विज्ञान विषयमा स्नातक गरेका नेता रायमाझीले २०३४ सालदेखि कम्युनिष्ट राजनीति थाल्नुभएको हो । २०५२ सालदेखि भएको सशस्त्र युद्धमा नेता रायमाझी लडाकु नेता रायमाझीले ५ वर्ष भूमिगत र २ वर्ष बन्दी जीवन बिताउनुभएको छ ।

२०६४ सालमा भएको पहिलो संविधानसभा चुनावमा उहाँ अर्घाखाँची १ बाट सांसद बन्नुभएको थियो । उहाँ २०७० सालको दोस्रो संविधानसभाको चुनावमा पनि विजयी हुनुभएको थियो । उहाँ उपप्रधानमन्त्री सहित बिभिन्न सरकारमा ४ पटक मन्त्री भैसक्नुभएको छ ।

Share It

Post Comments
थप विशेष