विशेष प्रधानमन्त्रीले प्राविधिकलाई भने : ए भाइ के गरेको ? म बोल्दैछु, खाली बिगारेछ, बिगारेछ
Ujyaalo

देब पचभैया/उज्यालो ।

पाल्पा, मंसिर ९ – प्रधानमन्त्री शेरबहादुर देउवाले माइक बिगारेको भन्दै प्राविधिकलाई गाली गर्नुभएको छ । नेपाली कांग्रेस क्षेत्र नम्बर –२, पाल्पाले शनिबार रैनादेवी छहरा –५, मुझुङ्गमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा माइकमा ईको बढेर चुर्इंचुर्इं गरेपछि प्रधानमन्त्रीले प्राविधिकलाई गाली गर्नुभएको हो ।

दर्शकले प्रधानमन्त्रीले बोलेको कुरा नबुझेको गुनासो गरेपछि प्राविधिकले माइक मिलाउने क्रममा च्वाईच्वाई ,चुईंचुर्इंको आवाज आएको थियो ।

‘ए भाई के गरेको ? खाली बिगारेछ, बिगारेछ’, प्रधानमन्त्री देउवाले आदेश दिदै भन्नुभयो–‘अलि मिलाउ, म बोल्दैछु ।’ निकै रिसाएको आवाजमा प्रधानमन्त्रीको आदेश आएपछि चुनावीसभाको सुरक्षामा खटिएका पाल्पाका प्रहरी प्रमुख डिल्लीराज पन्तलगायतका सुरक्षा टोली प्राविधिकसम्म पुगेका थिए ।

नवलपरासीमा आयोजित चुनावी सभा सकेर हेलिकप्टरमार्फत कार्यक्रमस्थल मुझुङ्ग पुग्नुभएका देउवाले लगत्तै आयोजकलाई छिटो कार्यक्रम सक्न निर्देशन दिइरहनुभएको थियो । पटकपटक घडी हेर्दै पार्टीका जिल्ला सभापति वीरबहादुर रानामार्फत छिटो कार्यक्रम सकाउन आग्रह गरिरहनुभएका देउवाले पार्टी उपसभापति रामचन्द्र पौडेलले बोलेपछि सभालाई सम्बोधन गर्नुभएको थियो ।

बोलेको तीन मिनेट नहुँदै माइकमा समस्या आएपछि देउवाले प्राविधिकलाई सच्याउन निर्देशन दिनुभएको हो । कार्यक्रमपछि उज्यालो अनलाइनसँगको कुराकानीमा नाम नलेख्न आग्रह गर्दे प्रधानमन्त्रीकै गाली खान पाउँदा दुखी नभएको प्राविधिकले बताउनुभयो । सधै सुन्नु पर्ने साना नेता र कार्यकर्ताको गालीभन्दा प्रधानमन्त्रीको आदेश पाउनु आफ्नो भाग्य भएको हाँको प्रतिक्रिया थियो ।

 

 

Share It

Post Comments
थप विशेष