विशेष विदेश जान चाहनेलाई खाने बस्ने सुविधा सहित निःशुल्क सीप तालिम लिने अवसर
Ujyaalo

काठमाडौं, मंसिर २६ – वैदेशिक रोजगारीमा जानेले मेसन (डकर्मी) र सटरिङ्ग कार्पेन्टर (फर्मा लगाउने) सीपकाे तालिम निःशुल्क लिन पाउने भएका छन् ।

सुरक्षित आप्रवासन परियोजना (सामी)को सहयोगमा २०७४ पुस १० गतेदेखि तालिम सञ्चालन हुन लागेको हो । 

१९ देखि ३५ वर्षभित्रका, ५ कक्षासम्म पढेका, रोजगारीका लागि विदेश जान पासपोर्ट बनाएका र स्वास्थ्य परीक्षणमा ‘फिट’ भएकाले निःशुल्क रुपमा तालिम लिन पाउनेछन् । साथै तालिममा सहभागि हुनेलाई निशुल्क खाना र बस्ने प्रबन्ध समेत गरिएको छ ।

स्वीस सरकारको सहयोगमा सामी र स्विस कन्ट्याक्टले मंसिर १२ गतेदेखि तालिम दिने संस्थाहरुलाई २१ दिने प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिरहेको छ । बालाजु स्कुल अफ इन्जिनियरिङ्ग एण्ड टेक्नोलोजी काठमाडौंमा सञ्चालन भइरहको प्रशिक्षक प्रशिक्षण तालिम पुस ४ गते सकिनेछ ।

युएइको दुवईमा रहेको तालिम प्रदायक संस्था AK Snathe Skills Training LLC का प्रशिक्षकहरुले प्रशिक्षण दिइरहेका छन् । दुवई र कतारमा प्रतिष्ठित यो तालिम प्रदायक संस्थाको प्रमाणपत्रलाई त्यहाँका धेरैजसो निर्माण कम्पनीले मान्यता दिएका छन् ।

त्यस्तै, रोजगारीका लागि जोर्डन जाने महिलालाई लक्षित गरी दिएको गार्मेन्ट तालिम पनि निरन्तर सञ्चालन भइरहेको छ । १९ देखि ३० वर्षभित्रका, ५ कक्षासम्म पढेका, रोजगारीका लागि जोर्डन जान पासपोर्ट बनाएका र स्वास्थ्य परीक्षणमा ‘फिट’ भएका महिलाले गार्मेन्ट सम्बन्धी तालिम लिन सक्छन् । 

तालिम सम्बन्धमा ९८४१३६७९६९, ९८४०२४८०३४ र ९८४०२५५२८० मा फोन गरेर पनि जानकारी लिन सकिन्छ । 

Share It

Post Comments
थप विशेष