विशेष गच्छदारले भेट्टाए चौधरीलाई, मतान्तर ४४ मात्रै
Ujyaalo

सुनसरी, मंसिर २६– प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतगणना सार्वजनिक भैसकेको छ । धेरैतिर विजयी र्‍याली निस्किसकेको छ ।

प्रतिनिधिसभातर्फका १६५ क्षेत्रमध्ये १६० क्षेत्रको नतिजा आइसकेको छ । अब सुनसरी ३, कैलाली २, स्याङ्जाका २ को मात्र नतिजा आउन बाँकी रहेको छ ।

सुनसरी क्षेत्र नम्बर ३ मा कांग्रेस उम्मेदवार विजयकुमार गच्छदार र एमाले उम्मेदवार भगवती चौधरीबीचमा केबल ४४ मतान्तर रहेको छ । सोमबार विवाद भएपछि रोकिएको मतगणना आज बिहानदेखि सुरु भएको छ । भगवती चौधरीले ३२५७० मत प्राप्त गर्नुभएको छ । विजय गच्छदारले ३२५२६ मत प्राप्त गर्नुभएको छ ।

फोरम लोकतान्त्रिक पार्टी नै समायोजन गरेर कांग्रेस प्रवेश गर्नुभएका गच्छदारले नजितेमा कांग्रेसमा हार्ने शीर्ष नेताहरुको सूची बढ्नेछ । १३८१७ हजार मत गन्नै बाँकी भएकाले नतिजा कसको पक्षमा जान्छ भन्ने अनुमान गर्न निकै कठिन हुन्छ । झिनो मतान्तर भएकाले दुबै जनाको ढुकढुकी बढ्दै गैरहेको छ ।

Share It

Post Comments
थप विशेष