विशेष नुवाकोट १ प्रत्यक्षमा सबै सिट गुमाएको कांग्रेस समानुपातिकमा पहिलो
Ujyaalo

नवदीप अजनबी/उज्यालो

नुवाकोट, २७ मंसिर – नुवाकोटको १ मा प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको समानुपातिक तर्फ नेपाली कांग्रेस अगाडी भएको छ ।

बुधबार बिहान सम्पन्न मतगणना अनुसार नुवाकोट १ मा नेपाली कांग्रेस पहिलो, नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र तेस्रो भएको छ ।

प्रत्यक्षतर्फको छ ओटै सिट गुमाएको कांग्रेसले समानुपातिकमा ४७ हजार २ सय ५५ मत ल्याएर समानुपातिकमा पहिलो भएको हो । यस्तै नेकपा एमालेले ३९ हजार ६ सय ९ मत ल्याएर दोस्रो र नेकपा माओवादी केन्द्रले २७ हजार ८ सय ५० मत ल्याएर तेस्रो भएको छ ।

प्रतिनिधी सभाको क्षेत्रगत रुपमा हेर्दा क्षेत्र नं. १ मा नेपाली कांग्रेस पहिलो भएको छ भने क्षेत्र नं. २ मा नेकपा एमाले पहिलो भएको छ । प्रतिनिधीसभा क्षेत्र नं. १ मा २३ हजार २ सय ९५ मत सहित कांग्रेस पहिलो, १८ हजार ५ सय १२ मत सहित माओवादी दोस्रो र १४ हजार ३ सय ५३ मत सहित एमाले तेस्रो भएको छ ।

क्षेत्र १ को प्रदेश सभातर्फ प्रदेशसभा क मा नेपाली कांग्रेसले १२ हजार २६, माओवादीले १० हजार ६ सय ४६ र एमालेले ५ हजार ३ सय ३२ मत ल्याएको छ । प्रदेश ख मा नेपाली कांग्रेसले ११ हजार २ सय ६९, एमालेले ८ हजार ७ सय ८३ र माओवादीले ७ हजार ८ सय ६६ मत ल्याएको छ ।

यस्तै प्रतिनिधीसभा क्षेत्र नं. २ मा नेकपा एमालेले २५ हजार २ सय ५६, कांग्रेसले २४ हजार १ सय ६०, माओवादीले ९ हजार ३ सय ३८ मत ल्याएको छ ।

क्षेत्र नं. २ को प्रदेश क मा एमालेले १२ हजार २ सय २९, कांग्रेसले १० हजार ८ सय ७२ र माओवादीले ५ हजार १ सय ९ मत ल्याएको छ । यस्तै प्रदेश ख मा कांग्रेसले ११ हजार ५ सय ६३, एमालेले १० हजार ७ सय २२ र माओवादीले ५ हजार २ सय ६२ मत ल्याएको छ ।

Share It

Post Comments
थप विशेष