विशेष बर्दियामा समानुपातिक तर्फ कांग्रेस पहिलो
Ujyaalo

भावुक योगी / उज्यालो

बर्दिया, मंसिर २७ – प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको समानुपातिक मतगणना सकिएको छ । समानुपातिक तर्फ बर्दियामा नेपाली कांगे्रसले सबैभन्दी बढी मत प्राप्त गरेर पहिलो बनेको छ । 

२ लाख ७२ हजार ४ सय ७७ कुल मतदाता मध्ये १ लाख ९० हजार ८ सय १२ मत खसेको मत गणना हुँदा समानुपातिक तर्फ सबैभन्दा बढी मत ल्याएर कांग्रेस पहिलो बनेको हो । समानुपातिकको प्रतिनिधीसभा तर्फ एमाले भन्दा १९ हजार ३ सय ६१ मतले कांग्रेस अघि छ ।

प्रतिनिधिसभा तर्फ कांग्रसले ६६ हजार ८९ र प्रदेशसभा तर्फ ६० हजार ४ सय ५० मत प्राप्त गरी सबैभन्दा बढी मत प्राप्त गरेको हो ।

नेकपा एमालेले प्रतिनिधिसभा तर्फ ४६ हजार ७ सय २८ र प्रदेशसभा तर्फ ४४ हजार १ सय १४ मत प्राप्त गरेको छ । त्यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ ४५ हजार ६ सय ९८ र प्रदेशसभा तर्फ ४४ हजार ३ सय २८ मत प्राप्त गरेको छ । 
राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभामा ३ हजार ९४९ र प्रदेशसभामा ३ हजार ५६४ तथा विवेकशिल साझा पार्टीले प्रतिनिधिसभामा १ हजार ४१२ र प्रदेशसभातर्फ १ हजार २६ मत प्राप्त गरेको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र (प्रजातान्त्रिक) पार्टीले प्रतिनिधिसभा तर्फ १ हजार २७७ र प्रदेशसभा तर्फ १ हजार २७७, एकल चिन्ह हँसिया ताराले प्रतिनिधिसभा तर्फ ९७० र प्रदेशसभा तर्फ ८७९ तथा संघिय समाजबादी फोरम, नेपालले प्रतिनिधिसभामा ९०२ र प्रदेशसभातर्फ ९८७, नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभामा ७९२ र प्रदेशसभातर्फ ८७०, राजपा पार्टी नेपालले प्रतिनिधिसभामा ७४९ र प्रदेशसभा तर्फ ७२९ मत ल्याएको छ ।

बर्दियामा समानुपातिकको प्रतिनिधीसभा तर्फ १९ हजार ८ सय ११ मत बदर भएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर १ मा ११ हजार ३ सय ७७ मत बदर भएको छ । यस्तै प्रदेशसभा १ (क) मा ७०३९ र प्रदेससभा १ (ख) मा १००८ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी देबराज भारतीले जानकारी दिनुभयो ।

प्रतिनिधीसभा क्षेत्र नम्बर २ मा ८ हजार ४ सय ३४ हजार ३ सय ७७ मत बदर भएको छ । प्रदेशसभा २ (क) मा ६ हजार ९६२ र प्रदेससभा २ (ख) मा ६ हजार ५३९ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयका सुचना अधिकारी ईन्द्र कुमार कार्कीले बताउनुभयो ।

Share It

Post Comments
थप विशेष