विशेष विजय गच्छदार विजयी, भगवती चौधरी ३२१ मतले पछि परिन्
Ujyaalo

सुनसरी, मंसिर २७ – प्रतिनिधिसभा तर्फ सुनसरी क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी हुनुभएको छ । बुधबार बिहान आएको अन्तिम मतपरिणाम अनुसार गच्छदार ३८ हजार ९ सय ७२ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेकी भगवती चौधरीले ३८ हजार ३ सय ५१ मत प्राप्त गर्नुभयो । गच्छदारले चौधरीलाई ३ सय २१ मतले पछि पारेर विजयी हुनुभएको हो । योसँगै प्रतिनिधिसभामा प्रत्यक्ष तर्फको मतगणना सकिएको छ ।

Share It

Post Comments
थप विशेष