विशेष प्रदेशसभा: कुन प्रदेशमा कसको कति सिट ?
Ujyaalo

काठमाडौं, मंसिर २७ – नयाँ संविधानले तोकेको नयाँ संरचना अनुसार गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभा चुनवाको प्रत्यक्ष तर्फको अन्तिम नतिजा आएको छ । सुनसरी क्षेत्र नम्बर ३ मा बुधबार बिहान सकिएको मतगणनाबाट नेपाली कांग्रेसका विजयकुमार गच्छदार विजयी भएसँगै प्रत्यक्ष तर्फ सबै क्षेत्रको मतपरिणाम आएको हो ।

मंसिर १० र २१ गते गरी सात प्रदेशका प्रतिनिधिसभाका एक सय ६५ र प्रदेशसभाका ३ सय ३० निर्वाचन क्षेत्रमा चुनाव भएको हो । यो चुनावको मतपरिणा अनुसार प्रत्यक्ष तर्फ नेकपा एमाले सबै भन्दा ठूलो पार्टी बन्यो । सबै प्रदेशमा गरी प्रतिनिधिसभामा ८० सिट जितेको एमाले एक्लैले प्रत्यक्षमा बहुमत ल्याउनबाट तीन सिटमात्रै पर रह्यो ।

यस्तै वाम गठबन्धनको अर्को घटक नेकपा माओवादी केन्द्र ३६ सिटसहित दोस्रो तथा २३ सिट जितेको नेपाली कांग्रेस तेस्रो पार्टी बन्यो । यस्तै राजपाले ११, संघीय समाजवादी फोरम नेपालले १०, राप्रपा, नयाँ शक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र एक एक ठाउँमा विजयी भए ।

यस्तै प्रत्यक्ष तर्फ प्रदेशसभा तर्फ पनि एमाले नै पहिलो पार्टी बन्यो । सात प्रदेशमा गरी ३ सय ३० प्रदेशसभा सिट रहेकोमा एमालेले १ सय ६८ सिट जितेको छ । यस्तै माओवादीले ७३, नेपाली कांग्रेसले ४१, संघीय समाजवादी फोरम नेपालले २४, राजपाले १६, ३ स्वतन्त्र, नयाँ शक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले दुई दुई तथा मजदुर किसान पार्टीले एक सिट जितेको छ ।

प्रदेशसभा: कुन प्रदेशमा कुन पार्टीको कति सिट ?

प्रदेश नं. १

कुल सिट: ५६
एमाले: ३७
माओवादी केन्द्र: १०
कांग्रेस: ८
संघिय समाजवादी फोरम: १
स्वतन्त्र: १

प्रदेश नं. २

कुल सिट: ६४
एमाले: १४
माओवादी केन्द्र: ६
राजपा नेपाल: १५
संघीय समाजादी फोरम नेपाल: २०
कांग्रेस: ८
स्वतन्त्र: १

प्रदेश नं. ३

कुल सिट: ६६
एमाले: ४३
माओवादी: १४
कांग्रेस: ७
नेपाल मजदुर किसान पार्टी: १
नयाँ शक्ति: १

प्रदेश नं. ४

कुल सिटी: ३६
एमाले: १६
माओवादी केन्द्र: ९
कांग्रेस: ६
स्वतन्त्र: १
राष्ट्रिय जनमोर्चा: २

प्रदेश नं. ५

कुल सिटी: ५२
एमाले: २९
माओवादी केन्द्र: १४
कांग्रेस: ६
संघीय समाजवादी फोरम नेपाल: ३

प्रदेश नं. ६

कुल सिट: २४
एमाले: १४
माओवादी केन्द्र: ९
कांग्रेस: १

प्रदेश नं. ७

कुल सिट: ३२
एमाले: १७
माओवादी केन्द्र: १०
कांग्रेस: ४
राजपा: १

Share It

Post Comments
थप विशेष