विशेष ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा उत्साहपूर्ण रुपमा मतदान
Ujyaalo

काठमाडौं, मंसिर १० – पहिलो चरण अन्तर्गत भैरहेको प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा शान्तिपर्ण तथा उल्लासपूर्ण वातावरणमा भैरहेको निर्वाचन आयोगले जनाएको छ ।
बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदातामो उल्लेख्य रुपमा सहभागी भैरहेका छन् । साथै विभिन्न दलका शीर्ष नेताहरुले मतदान गर्ने क्रम जारी छ । निवर्तमान सभामुख ओनसरी घर्ती र माओवादी नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले मतदान गर्नुभएको छ । उहाँहरु दुबैले रोल्पाको लिवाङ नगरपालिका ७ को बाल उदय मावि मतदान केन्द्र माडिचौरमा मतदान गर्नुभएको हो ।
त्यस्तै माओवादी नेता अग्नीप्रसाद सापकोटाले सिन्धुपाल्चोक १ को चौतारा साँगाचोकगढी नगरपालिका –४, को पञ्चकन्या माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको हो ।
त्यस्तै सर्वाधिक चर्चामा रहेको गोरखा क्षेत्र नम्बर दुइबाट उम्मेदवार रहेका माओवादी नेता नारायणकाजी श्रेष्ठले सिरानचोक गाउँपालिका ८ को जौबारी मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

 

Share It

Post Comments
थप विशेष