विशेष बास बसेर मतदान गर्न पुगे म्याग्दीका मतदाता
Ujyaalo

मंसिर १० – म्याग्दीमा १०६ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान सुरु भएको छ ।

एउटा मात्रै चुनाव क्षेत्र रहेको म्याग्दीमा प्रतिनिधिसभाका लागि वाम गठबन्धनबाट भुपेन्द्रबहादुर थापा र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका जिल्ला सभापति खमविर गर्बुजा प्रतिस्र्पपर्धामा हुनुहुन्छ ।

पश्चिम म्याग्दीको धौलागिरी गाउँपालिका ४ मुदीको बगरा गाउँका मतदाता भने मतदान गर्नका बास बसेर मतदान गर्न केन्द्रमा पुगेका छन् । ज्येष्ठ नागरिक लगायतका मतदाता हिजो नै आधा बाटोमा आएर बसेको र आइतबार बिहानै मतदान गर्न हिँडेको धौलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले जानकारी दिनुभयो ।

म्याग्दीमा ७५ हजार ५३७ मतदाता, ७ जना उम्मेदवार र ७२ मतदानस्थलमा १०६ वटा मतदान केन्द्र रहेका छन् ।

Share It

Post Comments
थप विशेष