विशेष दुवै रुकुममा उत्साहपूर्ण मतदान, जनार्दन शर्माले पहिलो पटक आफैलाई हाले भोट
Ujyaalo

आदर्श केसी/उज्यालो ।


रुकुम, मंसिर १० – प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको चुनाव अन्र्तगत पश्चिम रुकुम र पूर्वी रुकुममा उत्साहजक ढंगले मतदान भैरहेको छ । पूर्वमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पहिलो पटक आफैंलाई मतदान गर्नु भएको छ । २०६४ र २०७० को चुनावमा उहाँ साविकको रुकुम क्षेत्र नम्बर २ बाट उम्मेदार बनेको र उहाँको मतदाता नामावली क्षेत्र नम्बर एक मा हुँदा अर्कैलाई मतदान गर्नु परेको थियो ।

तर यो पटक भने उहाँले मतदान गर्न पाउनु भएको हो । रुकुम पश्चिमको सदरमुकाम मुसिकोट नगरपालिका ५ को यमुनानन्द नमूना मावि ’क’ मतदान केन्द्रबाट शर्माले मतदान गरेका गर्नु भएको हो । शर्मा २०६४ को पहिलो संविधानसभा र २०७० को दोस्रो संविधानसभा चुनावमा रुकुम क्षेत्र नम्बर २ बाट विजय हुनु भएको थियो । यो पटक पनि उहाँ प्रतिनिधिसभा उम्मेदार हुनुहुन्छ । नेपाली कांग्रेसका नेता गोपालजी शाह र उहाँको प्रतिष्पर्धा हुँदै छ ।
त्यस्तै पूर्वी रुकुममा पनि मतदान शान्तिपूर्ण रुपमा भैरहेको छ । पूर्व खेलकुद मन्त्री तथा प्रतिनिधिसभा सदस्य कमला रोकाले पनि विहान मतदान गर्नु भएको छ ।

रुकुम पूर्व र पश्चिम दुवै जिल्लामा बिहान ७ बजेदेखि उत्साहापूर्ण रुपमा मतदान भइरहेको छ । नेकपा विप्लवको आंशिक प्रभाव रहेको भए पनि जिल्लाका सबै ठाउँमा शान्तिपूर्ण तरिकाले मतदान भैरहेको पश्चिम रुकुमका प्रहरी प्रमुख राजेन्द्र धमलाले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप विशेष