विशेष कालिकोटका सबै मतदान केन्द्रमा मतदान सुरु
Ujyaalo

मनिराज पाण्डे उज्यालो ।


कालिकोट, मंसिर १० – कालिकोटका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भइरहेको मुख्य निर्वाचन अधिकृत कृष्णमुरारी सिवाकोटीले बताउनुभयो ।

९९ मतदान स्थल र १ सय ९ मतदान केन्द्र रहेको कालिकोटमा ६४ हजार ९ सय मतदाता छन् । गए राति शान्नीत्रिवेणी–७ को ठिगेल्नीदेवि आधारभुत विद्यालयमा विप्लव समूहका कार्यकर्ताले बम बिष्फोट गर्दा २ जना सुरक्षाकर्मी घाइते भएका छन् । राति ९ बजेपछि विप्लव कार्यक्रताले ४ वटा ग्रिनेट हानेको र २ वटा ग्रिनेट नपड्कोको स्थानीयबासी हिरामणि सिम्खाडाले बताउनुभयो ।

प्रहरी नायव निरीक्षक गिरीराज भण्डारी र प्रहरी जवान रामबहादुर चौधरी घाइते भएका छन् । विप्लव समूहका २ जना घाइते भएको विप्लव समूहका नेता कर्णबहादुर भण्डारीले बताउनुभयो । पहाडी इलाकामा चिसो बढेका कारण मतदाताहरु बिहान धेरै देखिएनन् । मतदान स्थलमा कर्मचारी मतदाता कुरेर बसेका छन् ।

Share It

Post Comments
थप विशेष