विशेष सबैभन्दा कम मतदाता रहेको हिमालपारीका जिल्लाहरुमा बिहानैदेखि मतदान हुँदै
Ujyaalo

मंसिर १० – हिमालपारीका जिल्लाहरु मनाङ र मुस्ताङका सबै मतदान केन्द्रमा शान्तिपूर्ण ढंगले मतदान भइरहेको छ ।

मौसम अनुकुल भएकाले बिहान ७ बजेदेखि नै मतदाता मतदान केन्द्रमा पुगेका जिल्ला निर्वाचन अधिकृत सिताराम शर्मा लामिछानेले बताउनुभयो । मनाङ जिल्लालाई एक निर्वाचन क्षेत्र मानिएको छ ।

प्रतिनिधिसभा चुनावका लागि मनाङमा नेकपा एमालेका पाल्देन छोपाङ गुरुङ्ग र नेपाली कांग्रेसका टेकबहादुर गुरुङबिच प्रतिस्पर्धा रहेको छ । उपल्लो मुस्ताङमा चिसोका कारण बिहान मतदाताको उपस्थिती पातलो रहेको भएपनि बिस्तारै मतदाता थपिदै गएको स्थानीय स्नेहा घलेले जानकारी दिनुभयो ।

मुस्ताङमा नेपाली कांग्रेसका तर्फबाट पूर्व वाणिज्यमन्त्री रोमी गौचन थकाली र नेकपा एमालेका प्रेमप्रसाद तुलाचनबिच प्रतिस्पर्धा रहेको छ ।
मनाङमा सबैभन्दा कम मतदाता ५ हजार ८८१ जना रहेका छन् । यहाँ २८ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै, ३७ वटा मतदान केन्द्र रहेको मुस्ताङमा ९ हजार ४२७ मतदाता छन् ।

Share It

Post Comments
थप विशेष