विशेष दोलखामा किरियापुत्रीद्वारा मतदान
Ujyaalo

दोलखा, मंसिर १० – दोलखाको भिमेश्वर नगरपालिकामा किरियापुत्रीले मतदान गरेका छन् । भीमेश्वर नगरपालिका ४ को सर्व माबि जिलु मतदान केन्द्रबाट किरियापुत्री दुर्गाप्रसाद चौलागाईं र रुद्रप्रसाद चौलागाईंले मतदान गरेको मतदान अधिकृत सुदिप काफ्लेले जानकारी दिनुभयो ।

उहाँहरुका बुबा पदमप्रसादको निधन भएको आज ५ दिन मात्र भएको थियो । सदरमुकाम चरिकोटमा नै किरियामा बसेका उहाँहरु मतदानका लागि डेढघन्टाको पैदल यात्रा गरेर मतदान केन्द्रसँग पुग्नुभएको थियो ।

संविधान कार्यान्वयनको लागि अहिलेको चुनाव महत्वपूर्ण रहेकाले आफूहरु शोकमा भए पनि मतदान गर्न आएको चौलाईं दाजुभाइले बताउनुभयो ।

Share It

Post Comments
थप विशेष