विशेष सिन्धुपाल्चोकको थुम्पाखरमा हवाई फायर
Ujyaalo

सिन्धुपाल्चोक, मंसिर १० – सिन्धुपाल्चोकको थुम्पाखरमा मतदानका क्रममा झडप भएको छ । सुनकोशी गाउँपालिकाको वडा नम्बर ६ थुम्पाखरको देउराली प्राथमिक विद्यालय मतदान केन्द्रमा लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिले वाम गठबन्धनका कार्यकर्तालाई हातपात गरेपछि झडप भएको हो ।

थुमपाखरमा भएको झडपमा ४–५ जना सामान्य घाइते भएका छन् । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । हवाई फायरपछि भीड तितरबितर भएको र अहिले शान्तिपूर्ण रुपमा चुनाव भइरहेको प्रहरीले जनाएको छ ।

Share It

Post Comments
थप विशेष