विशेष दिन ढल्किदै गएपछि मतदाता ओइरिए (फोटो फिचर)
Ujyaalo

बालकुमार शर्मा/उज्यालो

जाजरकोट, मंसिर १० – दिन ढल्किदै गएपछि जाजरकोटमा मतदाता बढ्न थालेका छन् । विहान चिसो मौसम र घरायसी कामले आउन नसकेका मतदाता एकैपटक आएपछि मतदाताको भीड बढ्न थालेको हो ।

‘विहानै आउँ भनेको थिएँ, एकदमै चिसोमा आउन सकिएन, अहिले घाम पनि लाग्यो, घरको काम सकेर आएको अहिले त कति धेरै भीड बढेको रहेछ’ त्रिभुवन मावि खलंगा मतदान केन्द्रमा लाइनमा बसिरहेका भेरी नगरपालिका ३ का विष्णु श्रेष्ठले भन्नुभयो ।

गाउँमा सबैको समस्या एउटै भएकाले एकैपटक मतदाताको भीड बढेको हो । ‘गाईबस्तुको स्याहार नगरी हुँदैन, घरको काम पनि सक्नै प¥यो, सबैको उही त हो नि’ भेरी नगरmपालिका ३ की ज्ञानु विकले भन्नुभयो ।

 

Share It

Post Comments
थप विशेष