विशेष नुवाकोटमा १ सय १५ वर्षे महिला र १ सय १ वर्षे पुरुषद्वारा मतदान
Ujyaalo

नुवाकोट, मंसिर १० - प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको चुनावमा नुवाकोटको ककनी गाउँपालिका–८ की १ सय १५ वर्षे बाटुली लामिछानेले मतदान गर्नुभएको छ । ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आइतबार दिउँसो मतदान गर्नुभएको हो । उहाँले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गरेको मतदान अधिकृत अर्जुन लामाले जानकारी दिनुभयो ।

१९५९ साल चैत १० गते जन्मनुभएका लामिछानेले मत दिएपछि मुलुकमा शान्ति, समृद्धि र सबैले सुख पाउने आशा गरेको बताउनुभयो । सिन्धुपाल्चोकको गिरानचौरमा जन्मेकी बाटुली लामिछाने विवाह गरेर नुवाकोट आउनुभएको हो । उहाँ नेपालकै सबैभन्दा पाको उमेरकी महिला हुनुहुन्छ ।

यस्तै सूर्यगढी गाउँपलिका–३ का १ सय १ वर्षका अनन्तप्रसाद अधिकारीले पनि प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा मतदान गर्नुभएको छ । नाती समुन्द्रबाबुको सहयोगमा बागेश्वरी मावि मतदान केन्द्रबाट अधिकारीले मत दिनुभएको मतदान अधिृकत शम्भुप्रसाद चौधरीले जानकारी दिनुभयो ।

Share It

Post Comments
थप विशेष