विशेष २२ तस्बिरमा आजको चुनाव (फोटो फिचर)
Ujyaalo

काठमाडौं, मंसिर १० – प्रतिनिधिसभा र प्रदेशसभा अन्तर्गत ३२ जिल्लामा आइतबार मतदान भएको छ । छिटफुट घटनाबाहेक शान्तिपूर्ण रुपमा मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमा १६ जना महिलासहित २८२ जना चुनावी मैदानमा छन् । त्यस्तै प्रदेशसभाका लागि ७४ चुनाव क्षेत्रमा २० जना महिलासहित ४२० जना उम्मेदवार प्रतिस्पर्धामा छन् । प्रतिस्पर्धी मध्ये प्रत्यक्षतर्फको चुनावबाट प्रतिनिधिसभाका लागि ३७ जना र प्रदेशसभामा ७४ जना निर्वाचित हुनेछन् ।

प्रदेश नम्बर १ का ७ वटा, प्रदेश नम्बर ३ का ६ वटा, प्रदेश नम्बर ४ का ६ वटा, प्रदेश ५ का २ वटा, प्रदेश ६ का ७ वटा र प्रदेश ७ का ४ वटा जिल्लामा आइतबार भएको हो ।

प्रदेश १ को सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङमा आइतबार चुनाव हुँदैछन् ।

त्यसैगरी प्रदेश ३ को नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप, प्रदेश ४ को मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखा, प्रदेश ५ को पूर्वी रुकुम र रोल्पा, प्रदेश ६ को पश्चिम रुकुम, जाजरकोट, हुम्ला, मुगु, कालिकोट र डोल्पा तथा प्रदेश ७ को दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि चुनाव भएको हो ।

 

Share It

Post Comments
थप विशेष