विशेष रसुवाका ४ वटा मतदान केन्द्रमा बेलुकी ७ बजे पनि मतदान चल्दै
Ujyaalo

रसुवा, मंसिर १० – रसुवाका चार वटा मतदान केन्द्रमा बेलुकी सात बजेसम्म पनि मतदान जारी छ । कालिका गाउँपालिकाको कालिका हिमालय माबि, उत्तरगया गाउँपालिकाको भूमेदेवी माबि ठूलागाउँ र नौकुण्ड गाउँपालिकाको अरुखर्क प्रावि र सिमबन्ली आधारभुत विद्यालयमा सात बजेसम्म पनि मतदान चलिरहेको हो ।

यी चार वटै मतदान केन्द्रमा ५ बज्नै लाग्दा मतदाताहरु लाइन बस्न गएका थिए । यो समाचार तयार पार्दा बेलुकी ७ बजे चार वटै मतदान केन्द्रमा गरेर झण्डै अझै एक डेढ सय जना मतदाता लाइनमा रहेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चिसो मौसमका कारण मतदान ढिलो सुरु भएको र मतदाता संख्या पनि धेरै रहेकाले समय लागेको हो । ठूला गाउँमा अझै १ सय जना लाइनमा छन् ।

Share It

Post Comments
थप विशेष