विशेष प्रचण्डले सूर्य र ओलीले हसिया हथौडामा भोट हाले
Ujyaalo

चितवन, मंसिर ५ – चितवनमा वाम गठबन्धनको सयुंक्त चुनावी सभामा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले बोल्नु भएन । तर, उहाँले सभामा सहभागीहरुका अगाडि सूर्य चिन्हमा भोट भने हाल्नुभएको छ । सभामा सहभागी एमालेका अध्यक्ष केपी ओलीले गोलाकार भित्रको हसिया हतौडामा र प्रचण्डले सूर्यमा स्वस्तिक चिन्ह लगाउनुभएको थियो ।

सभामा गर्न नेकपा एमालेका अध्यक्ष केपी ओली, वरिष्ठ नेता माधव कुमार नेपाल, पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड, नेता रामवहादुर थापा वादल र मातृका यादव लगायतले संवोधन गर्नुभएको थियो ।

देशका विभिन्न १४ शहरहरुमा आमसभा गर्ने योजनासहित हिँडेको वाम गठबन्धानले मंगलबार चितवनमा संयुक्त सभा गरेको हो । मंगलबार आयोजना गरेको सभालाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका छोरा प्रकाश दाहालप्रति श्रद्धाञ्जली सभाको रुपमा लिइएको निर्वाचन परिचालक समिति चितवनका उपसंयोजक देवी ज्ञवालीले बताउनुभयो ।

वाम गठवन्धनले शक्ति प्रदर्शनसहितको आमसभा गर्ने तयारी गरे पनि प्रचण्डका पुत्र प्रकाश दाहालको निधनका कारण यसलाई श्रद्धाञ्जली सभाको रुपमा आयोजना गरिएको ज्ञवालीले जानकारी दिनुभयो ।

केन्द्रीय बस टर्मिनल भरतपुरमा भइरहेको कार्यक्रममा चितवनका तीनवटै निर्वाचन क्षेत्रका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का नेता, कर्याकर्ता तथा गठबन्धनमा आस्था राख्ने अरु दलका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको छ ।

पुत्र शोकमा पर्नूभएका चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड उपस्थित भए पनि सभामा वोल्नुभएन । सभाको सुरुमा प्रकाश दाहालप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।

Share It

Post Comments
थप विशेष