विशेष वाम गठबन्धन देखेर कांग्रेसको होश हराउन थाल्यो : जनार्दन शर्मा
Ujyaalo

दाङ, मंसिर ११ –पूर्वगृहमन्त्री तथा माओवादी केन्द्रका नेता जनार्दन शर्मा प्रभाकरले वामगठबन्धन देखेर कांग्रेसलगायतका दलहरुमा राजनीतिक चेत हराउन थालेको बताउनु भएको छ ।

दाङको तुलसीपुरमा सोमबार प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै शर्माले कांग्रेस नेताहरुले गठबन्धनको बदनाम गर्दै कम्युनिष्टले अधिनायकवाद लाद्न खोजेको आरोप लगाएर जनतामा भ्रम सिर्जना गर्नु राजनीतिक चेत नभएकाले गर्ने काम भएको बताउनुभयो ।

वामपन्थीहरुको जनमत स्थायित्व गर्ने र स्थानीय सरकार सञ्चालनको लागि मात्रै गठबन्धन भएको भन्दै अधिनायकवादको भ्रम नफैलाउन आग्रह गर्नुभयो । राज्य सञ्चालन प्रक्रिया अस्थिर भएका कारण स्थायी सरकार निर्माण गरी देशलाई गति दिन वाम गठबन्धन गरिएको शर्माको भनाई छ ।

सरकार नौ महिना नटिक्ने मन्त्रीहरु दुई/तीन महिनामै हट्नुपर्ने अवस्थाहरु सिर्जना हुन थाले पछि कम्तीमा पनि ५ वर्षसम्म टिक्के स्थायी सरकारको लागि वाम गठबन्धनको योजना बनेको र यो चुनावमा पनि त्यही अनुसार गएको उहाँले बताउनुभयो ।

Share It

Post Comments
थप विशेष