विशेष उदयपुर बम विष्फोटपछि देखिएका दृश्य
Ujyaalo

सुमित्रा कोइराला/उज्यालो ।

उदयपुर, मंसिर १३ – उदयपुरको दनुवारबेसीमा उम्मेदवारलाई लक्षित गरेर बम विष्फोट भएको छ । विष्फोटमा परि प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार नारायणबहादुर कार्कीसहित ६ जना घाइते भएका छन् ।

उहाँको चुनाव प्रचारमा प्रयोग भएको बा १५ च ७८०६ नम्बरको गाडीलाई लक्षित गरी बम विष्फोट भएको हो ।

विष्फोटमा परि घाइते हुनुभएका कांग्रेस उम्मेदवार कार्कीको अवस्था गम्भीर रहेको उदयपुरका प्रमुख जिल्ला अधिकारी चन्द्रमान श्रेष्ठले जानकारी दिनुभयो ।

यस्तै कांग्रेस कार्यकर्ता मिरा कटुवाल, धनमाया धौलाकोटी र गाडी चालक राजन कार्की पनि घाइते हुनुभएको छ । कटुवालको दुवै खुट्टामा गम्भीर चोट लागेको छ ।

यसैगरी प्रहरी हवलदार कृष्ण श्रेष्ठ र प्रहरी जवान कालिदास श्रेष्ठ पनि घाइते हुनुभएको छ । बम कसले विष्फोट गराएको भन्ने थाहा भएको छैन । अहिले त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

Share It

Post Comments
थप विशेष