विशेष एमाले अध्यक्ष अोली मार्क्सवादी, राष्ट्रवादी होइनन्, उटपट्याङवादी हुन् : पौडेल
Ujyaalo

राधाकृष्ण डुम्रे/उज्यालो ।

स्याङजा, मंसिर १३ –प्रधानमन्त्री तथा नेपाली कांगेस्रका सभापति शेरबहादुर देउवाले सर्वसत्तावाद ल्याउनका लागि नेपालका कम्युनिष्टहरु लागि परेको आरोप लगाउनु भएको छ ।

स्याङ्जा सदरमुकाम पुतलीबजारमा आयोजित नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कम्युनिष्टहरुले जितेमा नेपालमा चुनावै हुन छाड्ने बताउनुभएको छ । प्रधानमन्त्री देउवाले अहिलेको चुनाव प्रजातन्त्र विरोधी र लोकतन्त्र पक्षधरबीचको लडार्इँ भएको बताउनुभयो ।

स्याङजामा नै रहेको नेपालको ठूलो कालिगण्डकी ‘ए’ जलविद्युत परियोजनाको शिलान्यास आफू पहिलो पटक प्रधानमन्त्री भएको बेला गरेको स्मरण गर्दै प्रधानमन्त्री देउवाले लोकतन्त्रको जितले नै देशमा विकास हुने दावी गर्नु भयो ।

त्यस्तै सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमालेका अध्यक्ष केपी शर्मा ओली मार्क्सवादी र राष्ट्रवादी नभएको भन्दै ओलीलाई उट्पट्याङवादी भएको आरोप लगाउनु भयो । नेपालका कम्युनिष्टहरुले दश वर्षमा कम्युनिजम ल्याउने लक्ष्य राखेको भन्दै नेता पौडेलले यस्तो गर्न खोज्नु राजनैतिक बेइमानी भएको दावी गर्नुभयो ।

त्यस्तै नेता बालकृष्ण खाँडले सिद्धार्थ राजमार्गलाई व्यवस्थित वनाउने काम नेपाली कांग्रेसले गर्ने जानकारी दिनुभयो । वालिङमा भएको सभामा प्रतिनिधीसभाका स्याङजा २ का उम्मेदवार गोपालमान् श्रेष्ठ, समानुपातिक उम्मेदवार मोहनप्रसाद पाण्डे, प्रदेशका समानुपातिक उम्मेदवार सरस्वती अर्याल, माया राना, लिलबहादुर रनपाल तथा स्याङजा २ ‘क’ का विष्णु पौडेल र ‘ख’ का भागवतप्रकाश मल्ललगायतका नेताले बोलेका थिए । 

बुधबार नै प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले स्याङ्जाका दुई निर्वाचन क्षेत्रमा सम्वोधन गरेका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजार र वालिङ नगरपालिकाको खेलमैदानमा आयोजित चुनावी सभालाई प्रधानमन्त्रीसहितका नेताले सम्वोधन गरेका हुन् ।

Share It

Post Comments
थप विशेष