विशेष स्थायी आवासको आशामा भोट हालेका मतदाता टहरामै फर्किए
Ujyaalo

रसुवा, मंसिर १३ – आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा मतदान गर्न गाउँ गएका विस्थापितहरु पुनः अस्थायी टहरामा फर्किएका छन् ।

भूकम्पका कारण ३१ महिनाअघि गाउँ छाडेर जिल्लाको विभिन्न स्थानमा विस्थापित जीवन बिताइरहेका भूकम्प प्रभावित मतदान गरि जिल्लाको विभिन्न स्थानमा बनाइएका अस्थायी टहरामा फर्किएका हुन् ।

सदरमुकाम धुन्चे, बोगटीटार र नौबिसेमा बसिरहेकाहरु मतदान गरि मंगलबार बेलुकासम्ममा आफू बसेको अस्थाई टहरामा आइसकेको बताइएको छ । भूकम्प गएको ३१ महिना पुग्दासमेत सरकारले गाउँ फर्काउनका लागि उचित कदम नचालेका कारण निरास भएका विस्थापितहरु पुर्नवासको आशामा दोस्रो पटक मतदान गरि फर्किएका हुन् ।

गाउँ गएपछि सुनसान बनेको विस्थापित बस्तीमा अहिले चहलपहल बढेको छ । भूकम्पका कारण गाउँमा सुख्खा पहिरो खस्नुको साथै जमिन चिरा परेपछि चार सय भन्दा बढी घरपरिवार विस्थापित हुन पुगेका थिए । भूकम्प गए लगत्तै गाउँ छोडेका भूकम्प पीडित खेतीपाती गर्ने र बाली भित्रयाउने समयमा गाउँ जाने गरेका छन् ।

गाउँ फर्केर बस्न नसक्ने अवस्था देखेपछि अहिले उनीहरु सदरमुकाम धुन्चे, बोगटीटार, नौबिसे लगायतको क्षेत्रमा बसिरहेका छन् । स्थानीय तहको चुनावमा विस्तापितले नै उम्मेदवारी नै दिएका थिए । यो पटक उम्मेदवारी नदिए पनि चुनावी अभियानमा सक्रिय भएर लागेका विस्थापितले सुरक्षित स्थान पहिचान गरेर राख्ने आशा गरेका छन् ।

Share It

Post Comments
थप विशेष