विशेष ५० वर्ष प्रतिपक्षमा बस्ने तयारी थाल्न कांग्रेसलाई एमाले सचिव भट्टराईको सुझाव
Ujyaalo

तेह्रथुम, मंसिर १३– नेकपा एमालेका सचिव योगेश भट्टराईले चुनावपछि वामपन्थी सरकार बन्ने बताउनुभएको छ । तेह्रथुमको म्याङलुङ्गमा वाम गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले ५० वर्षसम्म वामपन्थीले सरकार बनाउने बताउनुभयो ।

वाम एकताले नेपाली कांग्रेस आत्तिएको र शिर्ष नेता नै जथाभावी बोल्दै हिड्न थालेको भन्दै नेता भट्टराईले कांग्रेसले अब प्रतिपक्षीमा बस्ने तयारी गर्नुपर्ने बताउनुभयो ।

‘अब वाम पन्थीहरुको प्रतिपक्षमा बस्ने पालो सकियो’, नेता भट्टराईले भन्नुभयो, ‘वाम गठबन्धनको बहुमत सुनिश्चित छ, चुनावपछि पुसको पहिलो साता वामपन्थी सरकार बन्छ ।’ उहाँले संविधान कार्यान्वयन र देशको समृद्धिका लागि वाम गठबन्धनलाई विजयी गराउन समेत आग्रह गर्नुभएको छ ।

ताप्लेजुङबाट उम्मेदवार बनेका भट्टराई आफ्नो क्षेत्रमा चुनाव सकिएपछि तेह्रथुम आउनु भएको हो ।

चुनावी सभामा नेकपा माओवादी केन्द्रका सचिवालय सदस्य टंक आङबुहाङले चुनाव लगत्तै पार्टी एकता हुने दाबी गर्नुभयो ।

Share It

Post Comments
थप विशेष