विशेष सांसद चुन्न आएका युवा काम खोज्न भारत पसे
Ujyaalo

निमेन्द्र शाही/उज्यालो ।

बाजुरा, मंसिर १५ – बाजुरा जिल्लाको स्वामीकार्तिक –३ जुकोटका पदमबहादुर शाहि सदरमुकाम मार्तडीबाट एकाविहानै निस्कनुभयो ‘भोट हालेर हामी हिड्यौं, अब जसले जितेपनी रेडियो बाट सुनौला’ उहाँले भन्नुभयो । हुम्ला श्रीनगर गाउँपालिकाका ओमजंग थापा र उहाँका टोलका १४ जना स्थानीय सदरमुकाम मार्तडी पुगेर महेन्द्रनगर जाँने गाडीको खबर गरिरहेका थिए । ओम जंगले भन्नुभयो ‘ भोट त हालियो तर के गर्नु हात मुख जोडन रोजगारी चाहियो, जसले जिते पनि हाम्रो घर बनाउने हैनन, आफ्नो परिवार चलाउन काम नगरि हुँदैन, त्यसैले रोजगारका लागि भारत हिडेको । ’

मुगुको धैनकोट गाउँपालिकाका आठबहादुर बिक पनि कामको लागि भारत जानको लागि साथि सँगै निस्कनुभयो । ‘घरमा बुढाबुढी छदैछन् हामी काम गर्न सक्ने सबै हिडेउ, गाउँमा कामै छैन किन बस्नु ? भोट हालियो जस्ले जितेनी केहि भएन हाम्रो दुख हामि सँगै छ । उहाँले भन्नुभयो ।
पहिलो चरणमा चुनाव सकिएका प्रदेश नम्बर ६ र ७ का गाउँ अहिले बुढाबुढी र केटाकेटीको भरमा छन् । जीविको पार्जनका लागि गाउँका सबै युवा भारत हिडेपछि गाउँ रित्तो भएको हो । मतदानको समयमा गाउँघरमा भएका युवाले आफ्नो र मतदाता परिचयपत्र भएको जति सबैको भोट हाल्दिएको उनीहरुले बताएका छन् ।


प्रदेश नम्बर ६ र ७ का युवाहरु भोट दिएर रोजगारका लागि भारत हिडेपछि भने गाउँघर सुनसान बनेको छ । ‘अबत गाउँमा बोल्ने समेत मान्छे पाइदैन’ मुगुको ह्याङ्गलु गाउँको महाँदेब माविका शिक्षक पदमप्रसाद पोख्रेलले भन्नुभयो – ‘चुनावले गर्दामात्रै युवाहरु अहिलेसम्म गाउँमा बसेका हुन, हैन भने दसैं लगत्तै यूवाहरु भारत गैहाल्थे ।’
प्रदेश नम्बर ६ र ७ का अधिंकाश युवा रोजगारीको लागि भारत जाने गरेका छन् ।

Share It

Post Comments
थप विशेष