विशेष वाम गठबन्धनको सरकार बने ४० लाख युवालाई नेपालमै रोजगारी : ओली
Ujyaalo

सुमित्रा कोईराला/उज्यालो ।

उदयपुर,मंसिर १६ – एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा स्थिर सरकार र देश समृद्धीका लागि वाम गठबन्धनलाई भोट दिन आग्रह गर्नुभएको छ ।

उदयपुर क्षेत्र नम्बर –१ को चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । पछिल्लो समय विभिन्न ठाउँमा बम बिष्फोट भएको भन्दै उहाँले चुनाव विथोल्न खोज्ने तत्वले नागरिकलाई तर्साउनको लागि बम पडकाउदै हिडेको बताउनुभयो ।

‘बम खेलौना होइन, बम पडकाउने काम कायरता हो ।’ उहाँले भन्नुभयो ‘बम पडकाउन छोडेर देश विकाशमा लाग्नुस ।’

लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाउने तत्वलाई आउँदो चुनावमा भोट नदिन उहाँले आग्रह गर्नुभयो ।

आउँदो चुनावमा वाम गठबन्धनलाई बहुमत दिन आग्रह गर्दै उहाँले चुनाव पछि बन्ने वाम सरकारले विदेश गएका ४० लाखभन्दा बढी युवालाई नेपालमै रोजगारीको व्यबस्था गर्ने बताउनुभयो ।

 

 

 

Share It

Post Comments
थप विशेष