विशेष चुनावको गणित : दोस्रो चरणमा कति मत खस्ला ?
Ujyaalo

काठमाडौं, मंसिर १७ – पहिलो चरणमा भएको मंसिर १० को चुनावमा ३२ जिल्लाका मतदाताले हालेको मतको बाकस मंसिर २१ गते ५ बजेदेखि खुल्न थाल्नेछ । बाकस खुल्न थालेपछि धेरैको धड्कन रोकिने नतिजा पनि आउन थाल्नेछ ।

किनकी पहिलो चरणको चुनावमा उठेका ७ सय २ जना उम्मेदवार मध्ये ३७ जनाले प्रतिनिधिसभामा र ७४ जनाले मात्र प्रदेशसभामा जित्ने छन् । बाँकी ५ सय ९१ जना उम्मेदवार हार्ने निश्चित छ ।

पहिलो चरणमा भएको चुनाव हार्नेमा केही चर्चित नेताहरु पनि पर्नेछन् । कुरा कसले हार्ने र कसले जित्ने भन्ने मात्रै हो । गोरखाबाट बाबुराम भट्टराईले हार्ने कि नारायणकाजी श्रेष्ठले ? नुवाकोटबाट हितबहादुर तामाङले हार्ने कि रामशरण महत ? ओखलढुंगाबाट रामहरि खतिवडाले हार्ने कि यज्ञराज सुनुवारले ?

पहिलोपल्ट भएको प्रदेशसभाको नतिजाले पनि धेरै केन्द्रीय तहका चर्चित नेता पनि यो चुनावबाट पाखा लाग्ने छन् । दोस्रो चरणको चुनावमा त केही क्षेत्रमा चर्चित र शीर्ष नेताहरुकै बीच कडा प्रतिस्पर्धा देखिएको छ । उनीहरुमध्ये यो चुनावमा एकजनाले मात्र जित्ने छन् ।

पहिलो चरणमा भएको चुनावमा जम्माजम्मी ६५ प्रतिशतमत खसेको छ । यो मत आशा र अपेक्षा गरिए भन्दा कम हो । २१ गते हुने दोस्रो चरणको चुनावमा कति मत खस्ला ?

हेर्नुहोस् पहिलो चरणमा भएको र दोस्रो चरणमा हुन लागेको चुनावबारे चाखलाग्दा तथ्यहरु

 

Share It

Post Comments
थप विशेष