विशेष बिहीबार बेलुकी ५ बज्ने बित्तिकै मतगणना सुरु हुने
Ujyaalo

काठमाडौं, मंसिर १८ – पहिलो चरणमा मतदान भएका जिल्लामा बिहीबार बेलुकी ५ बजेलगत्तै मतगणना हुने भएको छ । दोस्रो चरणको मतदान सकिएपछि पहिलो चरणमा मतदान भएका जिल्लामा एकैसाथ मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

पहिलो चरणमा मतदान भएका ३२ वटै जिल्लामा मतपेटिका संकलन भैसकेको र मतगणनाको लागि आवश्यक सबै तयारी पूरा भैसक्ने हुनाले मतगणनामा ढिलाई नहुने आयोगका प्रवक्ता नवराज ढकालले स्पष्ट पार्नुभयो ।

‘दोस्रो चरणका केही ठाउँमा बेलुकी ५ बजे मतदान सकिएन भनेपनि पहिलो चरणको चुनाव भएका जिल्लामा ५ बजेलगत्तै मतगणना सुरु गर्न पाइन्छ’ प्रवक्ता ढकालले बताउनुभयो ।

दोस्रो चरणमा चुनाव भएका केही जिल्लामा पनि त्यही दिन मतगणना सुरु हुने आयोगले जनाएको छ । स्थानीय तह चुनावको तुलनामा यसपटक मतपत्र छोटो र सरल भएको मतगणना छिटो हुने तथा नतिजा पनि छिटै सकिने आयोगको विश्वास छ ।

 

Share It

Post Comments
थप विशेष