विशेष यसरी जोगिए बमबाट गगन थापा, प्रत्यक्षदर्शीको बयान (भिडियोसहित)
Ujyaalo

काठमाडौं, मंसिर १८ –कांग्रेस नेता गगन थापालाई लक्षित गर्दै सोमबार बम विष्फोट गराइएको छ ।

काठमाडौंमा चुनावी प्रचारप्रसारका अभियानमा रहनुभएका गगन थापासहितको समूहलाई लक्षित गरी चपली हाइटमा आक्रमण भएको हो । विष्फोटमा परि गगन थापासहित ११ जना घाइते भएका छन् ।

थापासहित सात जना कार्यकर्ता सामान्य घाइते भए पनि चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ । थापाले आफू संयोगले बाँचेको बताउनुभएको छ । थापासँग रहनुभएका स्थानीयबासिन्दा भिमबहादुर श्रेष्ठले घटनाका बारेमा यसो भन्नुहुन्छ ।

 

Share It

Post Comments
थप विशेष