विशेष चुनावी सभा सकेर फर्कँदै गरेको ट्रयाक्टर पल्टिँदा १५ घाइते, तीनको अवस्था गम्भीर
Ujyaalo

भावुक योगी/उज्यालो ।

बर्दिया, मंसिर १८–बर्दियाको भुरीगाउँमा सोमबार दिउसो भएको वाम गठबन्धनको चुनावी सभा सकेर फर्कँदै गरेको ट्रयाक्टर पल्टिँदा १५ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्र्तगत सैनवार चेक पोष्ट नजिकै भुरीगाउँको चुनावी सभा सकेर बारबर्दिया नगरपालिकामा पर्ने बानियाभार तर्फ जाँदै गरेको भे १ त ३५५० नम्बरको ट्रयाक्टर पल्टिँदा १५ घाइते भएको इलाका प्रहरी कार्यालय भुरिगाउँले जनाएको छ ।

घाइते सबैलाई उपचारका लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको् छ । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

एमाले उपाध्यक्ष एवं बर्दिया क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार बामदेव गौतम र क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सन्तकुमार थारुलगायतका वाम गठबन्धनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको चुनावी सभामा गाउँगाउँबाट ट्रयाक्टरमा भरीभराउ नागरिक आएका थिए ।

 

Share It

Post Comments
थप विशेष