विशेष को भन्दा को कम भन्दै निधी र महतोले जनकपुरमा गरे शक्ति प्रदर्शन (फोटो फिचर)
Ujyaalo

शैलेन्द्र महतो/उज्यालो ।

धनुषा, मंसिर १८ – मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा चुनावको मौन अवधिको पूर्वसन्ध्यामा जनकपुरमा नेपाली कांग्रेस र मधेशी गठबन्धनले शक्ति प्रदर्शन गरेका छन् ।

कांग्रेस नेता विमलेन्द्र निधी र राजपा नेपालका नेता राजेन्द्र महतोको चुनावी भिडन्तले चर्चा पाएको धनुषा क्षेत्र नम्बर ३ मा दुई दलको शक्ति प्रदशनले झनै रोचकता थपेको छ ।

सोमबार कांग्रेस र राजपा फोरम गठबन्धनले ग्रामिण भेगका नेता कार्यकर्ता जनकपुरमा भित्र्याई शक्ति प्रर्दशन गरेका हुन् । कांग्रेस र मधेशी गठबन्धनको शक्ति प्रदर्शनले सोमबार दिनभरि जनकपुरको सडक तातेको थियो । ज्याला मजदुरी गर्नेदेखि बालबालिकासम्मको प्रयोग गरिएको जुलुसमा जनकपुरका नागरिकको भने कमै सहभागी देखिन्थ्यो ।

यसअघि गएको शनिबार राजपा फोरम गठबन्धनले धनुषाको फुलगामामा चुनावीसभा गरेर आम नागरिक उतारेपछि दोश्रो दिन आइतबार कांग्रेसले त्यसै स्थानमा चुनावीसभा गरेर शक्ति प्रदर्शन गरेको थियो । सोमबार पनि दुबै पक्षले जनकपुरमा शक्ति प्रदर्शन गरेका हुन् ।

 

Share It

Post Comments
थप विशेष