विशेष पाल्पामा चुनावको तयारी पूरा
Ujyaalo

देब पचभैया/उज्यालो ।

पाल्पा, मंसिर २० – दोस्रो चरण अन्तर्गत बिहीबार हुन गैरहेको प्रदेशसभा तथा प्रतिनिधिसभा सदस्यको चुनावको लागि पाल्पामा सम्पूर्ण तयारी पूरा भएको छ । दुईवटा निर्वाचन क्षेत्र रहेको पाल्पामा १ सय १८ मतदान स्थल र २ सय २६ मतदान केन्द्र रहेका छन् । पाल्पाका सबै मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मीको टोली मतपेटिका, मतपत्र र मतदानमा आवश्यक सामानसहित मतदानस्थलमा पुगिसकेको मुख्य निर्वाचन अधिकृत शंकरराज बरालले जानकारी दिनुभयो ।

पाल्पाका २ सय २६ मतदानकेन्द्र मध्ये १८ अति संवेदनशील, ४० संवेदनशील र अन्य सामान्य केन्द्रका रुपमा राखेर सुरक्षा व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले जानकारी दिनुभयो ।

१ लाख ८१ हजार २ सय ५५ मतदाता रहेका पाल्पामा महिला ९४ हजार ८ सय ३१, पुरुष ८६ हजार ४ सय २३ र अन्य १ जना मतदाता छन् । चुनावका लागि मतदान अधिकृतसहित १ हजार ८ सय ७ जना कर्मचारीहरु खटिएका प्रमुख जिल्ला प्रशासन कार्यालयले जनाएको छ । स्थानीय तहको चुनावपछि पाल्पामा १८ हजार ७ सय मतदाता थपिएका छन् ।

 

 

Share It

Post Comments
थप विशेष