विशेष सर्लाही ४ का वाम गठबन्धन उम्मेदवारको उम्मेदवारी खारेज
Ujyaalo

सर्लाही, मंसिर २० – सर्लाही ४ का वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवार शिवपूजन राय यादवले चुनाव लड्न नपाउने भएका छन् ।

सर्वोच्च अदालतले यादवको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिन अस्वीकार गरेपछि यादवले भोलिको चुनाव लड्न नपाउने भएका हुन् ।

न्यायाधीश दीपकराज जोशी र डम्बबहादुर शाहीको इजलासले दुबै पक्षको बहस सुनेपछि अन्तरिम आदेश जारी गर्नु नपर्ने फैसला सुनाएको हो । पहिलो संविधानसभामा फोरमबाट सभासद रहेका शिवपूजनलाई रातो पासपोर्ट दुरुपयोग गरेको भन्दै विशेष अदालतले दोषी ठहर गरेको थियो ।

निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेपछि उनी सर्वोच्च अदालत गएका थिए । तर सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेपछि सर्लाही ४ वाम गबठन्धनका उम्मेदवार बिहीन भएको छ ।

 

 

Share It

Post Comments
थप विशेष