धादिङ, मंसिर २० – धादिङमा हात समेत नछिर्ने गरी तारजाली लगाएर मतगणना स्थलको सुरक्षा गरिएको छ । छिटो नतिजा घोषणा गर्न चुस्त टिम बनाइएको मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले जानकारी दिनुभयो ।
पहिलो चरण अन्र्तगत मंसिर १० गते भएको चुनावका मतपेटिका सिसी क्यामेराको निगरानीमा राखिएको छ । मतपेटिका राखिएको स्थल जिल्ला भूसंरक्षण कार्यालयमै मतगणनाको तयारी गरिएको छ । सिसी क्यामेराले निगरानी गरेर मतगणना गरिने व्यवस्था मिलाइएको छ ।
धादिङ जिल्लामा २ लाख ३३ हजार ५ सय ५ मतदाता रहेकोमा १ लाख ५६ हजार ३ सय ८५ जनाले मात्र मतदान गरेका थिए । दुई प्रतिनिधि र चार प्रदेशसभा रहेको धादिङका २ सय ७५ मतदान केन्द्रका ८ सय २५ मतपेटिका रहेको छन् ।
मतपेटिका राखिएको स्थानमा सिसी क्यामेराको निगरानी छ भने दलका प्रतिनिधि र सुरक्षाकर्मीले निगरानी गरेका छन् ।
Share It
Post Comments
थप विशेष