विशेष प्रधानमन्त्री देउवाद्वारा ढुक्क भएर मतदान गर्न आग्रह
Ujyaalo

काठमाडौं, मंसिर २० –प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले सुरक्षाको पूर्ण प्रबन्ध मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन आममतदातालाई आह्वान गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले बुधबार विज्ञप्ति निकालेर लोकतन्त्रको सबैभन्दा ठूलो उत्सवलाई शान्तिपूर्ण, विवेकपूर्ण र उत्साहजनक रुपमा सम्पन्न गर्न नेपाली नागरिक र मतदातालाई आह्वान गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले स्थानीय, प्रादेशिक र संघीय तहको चुनाव सम्पन्न भएसँगै देशमा राजनीतिक संक्रमण अन्त्य भएर संविधान कार्यान्वयनले गति लिने र चुनावपछि मुलुक राजनीति स्थायित्व र आर्थिक समृद्धिको नयाँ युगमा प्रवेश गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

Share It

Post Comments
थप विशेष