विशेष अरु बेला हिँड्न गाह्रो भए पनि चुनावका दिन फूर्ति आयो : ९८ वर्षीय वृद्ध
Ujyaalo

अर्घाखाँची, मंसिर २१ –अर्घाखाँचीमा ९८ वर्षका एक वृद्धले मतदान गर्नुभएको छ ।

अर्घाखाँचीको मालारानी गाउँपालिकाको सूर्य मावि मतदान केन्द्रबाट ९८ वर्षका प्रेमनारायण घिमिरेले मतदान गर्नुभएको छ । उहाँले जीवनको अन्त्यतिर देश बदल्ने अभियानमा भोट हाल्न पाउँदा खुसी लागेको बताउनुभयो । उहाँले अरु बेला आफूलाई हिँड्न निकै गाह्रो हुने भए पनि भोट हाल्ने भने उत्साहित भएर आएको बताउनुभयो ।

यस्तै अर्घाखाँचीकै निर्वाचन क्षेत्र नम्बर १ को बागिको शान्ति माविमा मतदान लाइनमा बसेर ९१ बर्षिय कुलबहादुर पाण्डे र ७२  रेमकला खनालले पनि भोट हाल्नुभएको छ ।

यस्तै अर्घाखाँचीमा सबै मतदान केन्द्रमा मतदान सुरु भएको छ । ९३ मतदान स्थल १७४ मतदान केन्द्रमा मतदान सुरु भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिनु भयो ।

 

Share It

Post Comments
थप विशेष