विशेष गाउँको नाम बिगारेको भन्दै पतौराबासीले मतदान गरेनन
Ujyaalo

बारा, मंसिर २१ - बाराको कलैया नगरपालिका १८ को पतौरा टोलका बासिन्दाले मतदान बहिस्कार गरेको छन् । पतौरा टोलको सिचाईं भवन मतदान केन्द्र अहिले पनि सुनसान छ ।

यो मतदान केन्द्रका ३ सय ९४ जना मतदाताले आफ्नो गाउँको नाम बिगारेको भन्दै मतदान बहिस्कार गरेका हुन् । उनीहरुले आफ्नो गाउँको नाम पतौरा भए पनि निर्वाचन आयोगले नाम बिगारेर पथरा बनाएकाले मतदान बहिस्कार गरेको बताएका छन् । आयोगले बनाएको मतदान परिचयपत्र तथा अन्य कागजातमा गाउँको नाम पथरा लेखिएको छ ।

Share It

Post Comments
थप विशेष